चीनमा सन् २०२१ भित्र कम्तीमा ७० प्रतिशतलाई कोरोना भाइरस विरुद्धको खोप दिइने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

चीनमा सन् २०२१ भित्र कम्तीमा ७० प्रतिशतलाई कोरोना भाइरस विरुद्धको खोप दिइने

एजेन्सी । चीनमा लक्षित जनसंख्याको कम्तीमा ७० प्रतिशतलाई कोरोना भाइरस विरुद्धको खोप यसै वर्ष अर्थात् सन् २०२१ भित्रै दिइने भएको छ । चिनियाँ स्वास्थ्य आयोगका अनुसार सन २ हजार २१ भित्र १८ बर्षभन्दा माथिका कम्तिमा ७० प्रतिशतलाई कोरोना भाइरस विरुद्धको खोप दिइने छ ।

चीनमा अहिले सम्म ७६ करोड ३० लाखभन्दा बढी डोज खोप लगाइएको छ । विश्वमै सबैभन्दा बढी खोप लगाउने मुलुक चीन नै हो । आयोगका प्रमुख झेङ यीक्सिनले समुदायस्तरमा कोरोना संक्रमणका केही घटना देखिएको बताउँदै भन्दै रोकथाम र नियन्त्रणमा थप सचेतता अपनाउन आवश्यक रहेको बताएका छन् ।

खोप कार्यक्रमका बारेमा आमजनतालाई हिचकिचाहट नराख्न आह्वान गर्दै प्रमुख झेङले “खोपको ग्रेट वाल” निर्माण गर्न जनता र सरकारबीच हातेमालो गर्न आवश्यक रहेको उल्लेख गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);