फेरि संक्रमण फैलिएपछि चीनमा तीन वर्षमाथिका बालबालिकालाई कोभिड खोप दिइने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

फेरि संक्रमण फैलिएपछि चीनमा तीन वर्षमाथिका बालबालिकालाई कोभिड खोप दिइने

एजेन्सी ।  चीनमा तीन वर्षदेखि माथिका बालबालिकालाई पनि कोभिड खोप दिइने भएको छ । पछिल्ला दिनमा विभिन्न प्रान्तमा कोभिड महामारी फैलिएसँगै तीन वर्षसम्मका बालबालिकालाई खोप दिइने भएको हो ।

पाँच ओटा प्रान्तका सहर र प्रान्तीय सरकारहरुले सूचना जारी गर्दै तीनदेखि ११ वर्षका बालबालिकालाई खोप दिनुपर्ने जनाएका छन् ।  चीनमा ७६ प्रतिशत जनसंख्याले पूर्णखोप लगाइसकेका छन् । चिनियाँ अधिकारीहरुले कोभिडप्रति चीनको शून्य सहनशीलता रहेको बताउँदै आएका छन् ।  विभिन्न स्थानमा फैलिएको महामारी नियन्त्रण गर्न सरकारले नयाँ कदम चालिरहेका बेला फेरि खोप अभियान तीब्र पारिएको छ । 

महामारी नियन्त्रण गर्न चीनले लकडाउन, क्वारेन्टाइन र अनिवार्य परीक्षणलाई तीब्रता दिँदै आएको छ । १ अर्ब ४० करोड जनसंख्या भएको चीनमा अहिलेसम्म १ अर्ब ७ करोडले पूर्ण खोप लगाइसकेका छन् । पछिल्लो समयमा चीनले चाँडो फैलने डेल्टा भाईरस संक्रमणप्रति चासो देखाउदै आएको छ । भाइरस फैलिएसँगै सरकाले यसै साता आयोजना हुने बेइजिङ म्याराथुन स्थगित गरेको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);