काठमाडौं आउँदै गर्दा राहत शिक्षक चढेको भ्यान दुर्घटना, ११ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

काठमाडौं आउँदै गर्दा राहत शिक्षक चढेको भ्यान दुर्घटना, ११ जना घाइते

काठमाडौं, १२ असोज । राहत शिक्षकहरु बोकेर काठमाडौं आउँदै गरेको भ्यान दुर्घटना भएको छ । बीपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका–३ बोहोरेटार नजिक भ्यान दुर्घटना हुँदा ११ जना शिक्षक घाइते भएका हुन्।

सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेस प्रदेश ०४–००१ ज ००६२ नम्बरको विद्युतीय गाडी (भ्यान) शुक्रबार बिहान ७ः५० बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको भ्यानमा आन्दोलनका लागि काठमाडौं आउँदै गरेका राहत शिक्षकहरु सवार रहेको बुझिएको छ ।

भ्यानका चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । घाइते हुनेमा सिन्धुलीको कमलामाई नगरपालिका–६ का निरकुमार चालिसे, कमलामाई–५ का कमला घिमिरे, कमलामाई–१ का मुकुन्द थापा, सोही ठाउँका भुवन थापा, कमलामाई नगरपालिका–४ का बबिता देवकोटा, कमलामाई विष्णु ढकाल र उनका छोरा निश्चल तथा कमलामाई–६ का सरोज थापा ,सिन्धुलीकै तिनपाटनका राजन कार्की र काभ्रेको बनेपाका गार्की बस्नेत घाइते भएका छन् । Photo : Hamrodesh

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);