पाकिस्तानमा दुर्घटना, १२ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

भदौ ८ २०८३, मंगलबार

पाकिस्तानमा दुर्घटना, १२ को मृत्यु

काठमाडौं, २६ असोज । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको खैरपुर जिल्लामा बुधबार साँझ भएको सडक दुर्घटनामा १२ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ११ जना घाइते भएका छन् । स्थानीय एक अधिकारीले दिएको जानकारी अनुसार खैरपुरको बाबर्लोई बाइपास क्षेत्रमा यात्रु भ्यान र कार एक आपसमा ठोक्किँदा सात जनाको घटनास्थलमै मृत्यु भएको र भने अन्य १६ जना घाइते भए बताए । सख्त घाइते ५ जनालाई अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको बताए ।

खैरपुर जिल्लाका उप–आयुक्त अहमद फवाद साहले घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्नसक्ने बताए। प्रारम्भिक विवरणमा बताइएअनुसार यात्रुवाहक भ्यान सुक्कुरबाट खैरपुरतर्फ जाँदै गर्दा विपरित तर्फबाट आउँदै गरेको कारसँग ठोक्किएको थियो।

Leave a Reply