जीतपुरसिमराका पूर्वप्रमुख एंव सहकारीका अध्यक्ष पौडेल मृत फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

जीतपुरसिमराका पूर्वप्रमुख एंव सहकारीका अध्यक्ष पौडेल मृत फेला

काठमाडौं, २६ असोज । जीतपुरसिमराका पूर्वप्रमुख कृष्ण पौडेल मृत फेला परेका छन् । नेकपा एमालेका मधेस प्रदेश कमिटीका सचिव समेत रहेका पौडेल बिहीबार साझ आफ्नै घरमा मृत फेला परेका हुन् ।

पौडेल आफै सुत्ने कोठाको भूईमा लडिरहेको अवस्थामा प्रहरीको टोलीले फेला पारेको हो । घरमै शव फेला परेपछि परिवारका सदस्यहरु सँग पनि सोधपुछ प्रहरीले गरेको छ । तर केही शंकास्पद कुरा नभेटिएको प्रहरीको भनाइ छ । पौडेल गत २०७४ को निर्वाचनमा जीतपुरसिमरा नगरपालिका प्रमुखमा निर्वाचित भएका थिए ।

उनी हातेमालो बचत तथा ऋण सहकारी संस्था सिमराका अध्यक्षसमेत हुन् । पारिवारिक स्रोतका अनुसार पौडेलले पछिल्लो समय डिप्रेसनको औषधी सेवन गर्दै आएका थिए । पौडेलका श्रीमती,एक छोरा र छोरी छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);