‘हामी बाच्नु भन्दा पनि साथी गुमाउनुको पीडा बढी’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

‘हामी बाच्नु भन्दा पनि साथी गुमाउनुको पीडा बढी’

काठमाडौं, २६ असोज । इजरायलमा अलपत्र परेका नेपाली विद्यार्थीहरुलाई नेपाल सरकारले स्वदेश फर्काएको छ । मन्त्रिपरिषदको निर्णयअनुसार परराष्ट्रमन्त्री एनपी साउद आफै गएर राजधानी तेल अबिब पुगेर विद्यार्थीहरु ल्याएका हुन् ।

२५४ जना नेपाली विद्यार्थी बोकेको बिमान आज शुक्रबार बिहान नेपाल आइपुगेको हो । काठमाडौं आइपुग्दा विद्यार्थीहरु निकै खुशी देखिन्थे । धेरैले आँशु थाम्न सकेका थिएनन् । ती मध्ये एक थिइन् । शोभा पासवान ।

”तीन दिनजति गाह्रो गरी बितायौं । पहिला दिन २४ घन्टा बंकरभित्र मात्र बसेर वितायौं । २४ घन्टापछि केही छिन वासरुम जान मिल्छ भन्नुभयो । तर, बाहिर जाने बित्तिकै लगातार साइरन बजिरहेको थियो । त्यो ५ मिनेटभित्र जान पाएको छैन, भित्रभित्र भनेपछि फेरि भित्र आयौं ।

सानो बंकर थियो । नर्सरीमा काम गर्ने साथीहरु थियौं । अर्को चोटी बाहिर निस्किएको भनेको अर्को २४ घन्टापछि हो । हामीभित्र बसेर सामाचार सुनिरहेका थियौं । साथीहरु गुमायौं भन्ने थाहा पायौं । त्यसपछि मानसिक रुपमा पनि कमजोर भयौं । हाम्रै क्षेत्रमा भएका साथीहरु मारिए भन्ने भएपछि हामी पनि बाँच्दैनौं होला भन्ने भयो । साथीहरुले ‘वीआर नेपाली वीआर नेपाली’ भनिरहेका थिए, तर उनीहरुले सुनेनन्, सिधै सुट गरिदिए ।
हाम्रोबाट २०–२५ मिनेटको टाढा दुरीमा थिए उनीहरु । आकाश पुरै कालो थियो धुवाँधुवाले भरिएको थियो त्यो दिन घामपनि राम्रोसँग उदाएको थिएन ।

हामीसँगै लि गरेको साथी राजेश्वर स्वर्णकारलाई हामीले गुमाएका छौं । अर्को साथी गणेश नेपालीलाई गुमाएका छौं । उनीहरुको पनि घर बझाङ नै हो । इन्टरमेटहरु गुमाउँदा कति पीडा हुन्छ भन्न सक्दिन, त्यो बम आयो ठिक छ मिसाइल आयो ठिक छ हामी बच्यौं ओके सबै ठिक हुँदा हुँदै पनि हामीले साथी गुमायौं त्यो ट्रमा चाँही लाइफ टाइम ट्रमा भयो के ?”

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);