टोकियो ओलम्पिक विवाद र ओलम्पिक कमिटीको राजनीति | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

टोकियो ओलम्पिक विवाद र ओलम्पिक कमिटीको राजनीति

सुजन चालिसे,
काठमाडौं । टोकियो ओलम्पिकप्रतिनिधि टोली र खेलाडी चयनको विषय पटक–पटक विवादमा आईरहेको छ । गोपीचन्द्र पार्कीको ओलम्पिक विवाद प्रकरणमा मुछिएको नेपाल ओलम्पिक कमिटी त्यसलगत्तै अर्को विवादमा तानियो ।

जम्मा ५ जना नेपाली खेलाडी समावेश हुन लागेको प्रतियोगितामा २६ सदस्यीय प्रतिनिधि मण्डलको भ्रमण टोली रहेको भनेर चारैतिर नेपाल ओलम्पिक कमिटीको आलोचना भइरहँदा अहिले पुनःअर्को विवाद सतहमा आएको छ ।

एथ्लेटिक्सकी खेलाडी सरस्वती चौधरीको प्रशिक्षकको रुपमा टोकियो जान तयार रहेकी इन्द्रा कुमारी मल्ललाई अन्तिम समयमा कोरोना पोजिटिभ देखिएको भन्दै उनको स्थानमा सन्तोष श्रेष्ठको नाम सिफारीस भएपछि विवाद आएको हो । आफूले कोरोनाविरुद्ध दुवै चरणको खोप लिइसकेकी बताउने मल्लले नाटकीय रुपमा आफ्नो रिपोर्ट पोजिटिभ आएकोमा गुनासो गरेकी छन् ।

ओलम्पिक टोलीसँग क्याम्पमा घुलमिल भएर बसेको अवस्थामा सबैको रिपोर्ट नेगेटिभ आएको तर आफ्नो मात्र रिपोर्ट पोजिटिभ आउँदा केही त्रुटी भएको आशंका मल्लको छ । त्रुटीको आशंका पश्चात् पुनः परीक्षण गर्नका लागि १२ घण्टाको समयसम्म नदिई नेपाल ओलम्पिक कमिटीले एकतर्फी ढंगले अर्को व्यक्ति सिफारिस गरेको उनको गुनासो छ ।

मल्लले पुनः कोरोना परीक्षण गराई सकेकी छिन् र उनले भने सरी उनको रिपोर्ट पनि नेगेटिभ नै आयो । यो कुराले कसैले नियोजित तरिकाले आफ्नो स्थानमा कसैका आफ्नो मान्छेलाई जापान लान लागेको हो की भन्ने मल्लको आशंकालाई बल पु¥याएको छ ।

यो घटना पश्चात् ओलम्पिक कमिटीले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर आई मनोमानी गरिरहेको नेपाल एट्लेटिक्स संघले आरोप लगाएको छ । विगतमा पनि ओलम्पिक छात्रवृत्ति र खेलाडी सिफरीसको विषयमा तालमेल नमिल्दा यी दुई निकायको सम्बन्ध चिसिएको थियो । संघले सिफारिस गरेको व्यक्ति चयन हुनुपर्नेमा आफ्नै हिसावले सिफरिस गरेको भन्दै अध्यक्ष राजिव विक्रम शाहले आक्रोश व्यक्त गरेका छन् ।

यसरी खेलकूदको अभिभावक मानिने नेपाल ओलम्पिक कमिटीको लापरबाही र विदेश भ्रमण मोहले खेलाडीको भविष्य नै अन्योलमा पारेको विश्लेषण हुन थालेको छ । ओलम्पिक प्रतिनिधि चयनमा भएको यो राजनीतिले खेलाडीको मनोभावना र प्रदर्शनमा कस्तो असर पर्ला ?

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);