पाकिस्तान र इंग्ल्यान्डबीचको निर्णायक टी-२० क्रिकेट आज | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०७९, शुक्रबार

पाकिस्तान र इंग्ल्यान्डबीचको निर्णायक टी-२० क्रिकेट आज

एजेन्सी । पाकिस्तान र इंग्ल्यान्डबीचको तेस्रो तथा निर्णायक टी-ट्वान्टी क्रिकेट आज राति हुँदै छ । दुई टोलीको बहुप्रतिक्षित खेल नेपाली समय अनुसार राती ११ः १५ मा म्यानचेस्टरमा सुरु हुने छ ।

तीन टी-२० को सिरिजमा दुई खेल सकिँदा दुवै टोलीले एक एक जित निकालेका छन् । दुवै टोली आज राति हुने खेलमा जित निकाल्दै सिरीज आफ्नो पक्षमा पार्ने दाउमा छन् ।

पहिलो खेलमा पाकिस्तान ३१ रनले विजयी भएको थियो । तर दोस्रो खेलमा इंग्ल्यान्डले ४५ रनको रोचक जित निकाल्दै सिरीजमा पुनरागमन गरेको हो । दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गरेको इंग्ल्यान्ड पाहुना टोली पाकिस्तानलाई दवावमा राख्ने दाउमा हुनेछ ।

Leave a Reply