चाडपर्वलाई लक्षित गरी डडेल्धुरामा यात्रु नागरिक सहायता कक्ष स्थापना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

चाडपर्वलाई लक्षित गरी डडेल्धुरामा यात्रु नागरिक सहायता कक्ष स्थापना

बिमल जैरु ||
डडेल्धुरा, २५ असोज ||
डडेल्धुरामा चाडपर्वलाई लक्षित गरी जिल्ला सदरमुकाम बागबजारको बसपार्क, र स्याउले बजारमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । सुदुरपश्चिमका सात पहाडी जिल्लाको मुख्य केन्द्रमा रहेको डडेल्धुरा जिल्लाको बसपार्कमा अहिले चार्डपर्व नजिकिदै गर्दा जिल्ला भित्रिने यात्रुहरुको भिड बढिरहेको छ । चार्डपर्व नजिकिएसगै यतिवेला सरकारले तोकेको भन्दा बढी भाडा यात्रुहरुसँग सवारी साधनले लिने गरेको र सिट क्षमताभन्दा बढी कोच्ने समस्याले अन्य दुर्घटना निम्त्याउन सक्ने भएकाले सहायता कक्ष सञ्चानमा आएपछि चाडपर्वको बेला हुने विभिन्न समस्याहरु एवं यात्रुहरुले सवारीसाधनबाट दैनिकरुपमा भोग्दै आएका समस्या कम हुने विश्वास लिईएको छ । चाडपर्वको बेला मात्रै नभई यात्रु नागरिक सहायता कक्षको दुर्घटना न्युनिकरणमा प्रमुख भुमिका रहेको हुँदा यसलाई निरन्तरता दिनु पर्नेमा सर्वसाधारण र सवारी चालकहरुले जोड दिएका छन ।

जिल्ला सदरमुकामको बसपार्क, स्याउले बजार र भित्रि मधेशको जोगबुडा, लालढुङ्गमा नागरिक सहायता कक्षा स्थापना गरिएको छ । बडा दशै, शुभ दिपावली तथा छठ पर्व नजिकिदै गर्दा विभिन्न ठाउँबाट मानिसहरु आवत जावत गर्नेको सख्या बसपार्कमा धेरै हुन थालेको छ । जस कारण बसपार्क भित्र भिड हुनेसँगै यात्रुहरुका सामान हराउने, लुटिने समस्या लगायत आवत–जावतमा कुनै पनि दुःख झेल्नु नपरोस भनेर चाडपर्वका बेला चोरीडकैतीको बढी सम्भावना रहेको हुँदा यात्रु सहायता कक्षको आवश्यकता रहेको जिल्ला प्रहरी कार्यलय डडेल्धुराले जनाएको छ ।

चार्डपर्वका बेला सवारीमा सास्ती खेप्नुपरेको जनगुनासो संधै सुन्ने गरिएको छ । यातायात व्यवसायीले क्षमता भन्दा बढी यात्रु राखे वा तोकिएको भन्दा बढी भाडा अशुल गरेकोे पाईएमा कानुन बमोजिम कार्यवाही गर्ने जिल्ला प्रसाशन कार्यालय डडेल्धुराले जनाएको छ । चाडपर्वको बेला हुनसक्ने सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्न सवारी टाइम कार्ड अर्थात निश्चित समय लागु, चालकबीच हुने प्रतिस्पर्धा, क्षमताभन्दा बढी कोच्ने समस्यालाई चेकजाचमा कडाई मात्र गर्ने हो भने पनि दुर्घटनाको जोखिम न्यूनीकरणमा सहयोग पुग्न सक्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);