कात्तिक ४ गतेसम्म उपत्यकाका यी स्थानमा विद्युत् अवरुद्ध हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

कात्तिक ४ गतेसम्म उपत्यकाका यी स्थानमा विद्युत् अवरुद्ध हुने

electricity

काठमाडौँ, २५ असोज । अबका केही दिन काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विद्युत अबरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकाका केही स्थानमा असोज २४ गतेदेखि कात्तिक ४ गतेसम्म विद्युत् अवरुद्ध हुने जानकारी दिएको हो । गोरखापत्रमा बिहीबार एक सूचना प्रकाशन गर्दै प्राधिकरणले विद्युत् आपूर्ति प्रभावित हुने जनाएको हो ।

प्राधिकरणका अनुसार काठमाडौँ ग्रिड महाशाखा अन्तर्गतको लैनचौरस्थित ६६/११ के.भी. सब स्टेसन स्तरोन्नति गर्ने कार्यका लागि उक्त सब स्टेसनबाट सञ्चालित सामाखुसी, ठमेल, लाजिम्पाट र पानी पोखरी क्षेत्रमा विद्युत् आपूर्ति गर्न भृकुटीमण्डप, कमलपोखरी, डिल्लीबजार, क्षेत्र पाटी, असन, महाबौद्ध, न्युरोड, पुतलीसडक, गोङ्गबु, रानीबारी र बालुवाटार क्षेत्रबाट वैकल्पिक व्यवस्था गरिएका कारण विद्युत् आपूर्ति अवरुद्ध हुनेछन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);