अन्धकारमा उदयपुर | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

अन्धकारमा उदयपुर

उदयपुर । वर्षातसँगै आएको हावाहुरीले गर्दा नेपाल विद्युत् प्राधिकरण उदयपुर वितरण केन्द्र अन्तर्गतका जलजले फिडरबाट वितरण हुने विद्युत प्रवाह अवरुद्ध भएकाे छ ।

जलजले फिडरबाट वितरण हुने जलजले, चुहाडे, राजाबास, गैरुन, मुर्कुचि र फोक्सिनटार एरियामा हावाहुरीले विभिन्न स्थानमा पोल तथा विद्युतीय तारमा क्षति पुगेकाले विद्युत् अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण उदयपुर वितरण केन्द्रका प्रशासन प्रमुख देवी थुुलुङ राईले बताए । 

निरन्तरको वर्षातले मर्मत गर्न कठिनाइ भइरहेको उनकाे भनाइ छ । जलजले फिडरदेखि फोक्सिनटारसम्म करिब ५२ किलोमिटर लामो लाइनमा क्षति भएकाले कहाँ क्षति भएको पत्ता लगाउन समस्या भइरहेको प्राधिकरणले जनाएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);