लेबनानको राजधानी बेरुतमा विस्फोट: ७० जनाको मृत्यु, चार हजार बढी घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

लेबनानको राजधानी बेरुतमा विस्फोट: ७० जनाको मृत्यु, चार हजार बढी घाइते

एजेन्सी, २० साउन । लेबनानको एक गोदाममा विस्फोट हुँदा ७० जनाको मृत्यु भएको छ । लेवनानको राजधानी बेरुतमा विस्फोटक पदार्थले भरिएको एक गोदाममा विस्फोट भएको हुँदा ७० जनाको मृत्यु भएको हो भने चार हजार भन्दा बढी घाइते भएका छन् ।

गोदाममा २७ सय ५० टन अमोनियम नाइट्रेट भण्डारण गरिएको बताइएको छ । मृत्यु हुनेमा बीबीसीका एक पत्रकार पनि रहेको बीबीसीले उल्लेख गरेको छ । विस्फोटका कारण बेरुत वरिपरिका भवनहरु पुर्ण रुपमा ध्वस्त भएका छन् । विस्फोटको आवाज पुर्वी भुमध्य सागरको साइप्रस टापुको २ सय ४० किलोमिटर सम्म फैलिएको थियो ।

घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । घटनालाई लिएर लेवननका राष्ट्रपति मिशेल अउनले घटना निकै निन्दनीय भएको भन्दै घटनामा संलग्न जो कोहीलाई पनि कडा कारबाही गरिने चेतावनी दिनुभएको छ । घटना लगत्तै ट्वीट गर्दै राष्ट्रपति मिसेलले घटनाको बारेमा गम्भीर अनुसन्धान थालिने प्रतिक्रिया दिनुभएको छ ।

घटनापछी लेवननमा तीन दिन शोक घोषणा गरिएको छ । साथै देशको आपतकालिन कोषबाट ६ करोड ६० लाख अमेरिकी डलर बराबरको रकम निकासा गरिने बताइएको छ ।

यसैबीच लेवननका प्रधानमन्त्री हसल दीबले घटना निकै गम्भीर भएको बताउदै जिम्मेवार जो कोही कानुनको भागीदार हुनुपर्ने उल्लेख गर्नुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);