अमेरिकी कम्पनीलाई टिकटक बिक्री गर्न ट्रम्पद्वारा ६ हप्ताको समय प्रदान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

अमेरिकी कम्पनीलाई टिकटक बिक्री गर्न ट्रम्पद्वारा ६ हप्ताको समय प्रदान

trump tiktok

एजेन्सी, २० साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँको स्वामित्वमा रहेको लोकप्रिय भिडियो सेयर एप्लिकेसन टिकटक अमेरिकी कम्पनीलाई बिक्री गर्न छ हप्ताको समय दिनु भएको छ । राष्ट्रपति ट्रम्पले टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने घोषणा गरे गरेलगत्तै माइक्रोसफ्ट लगायतका कम्पनीहरु टिकटक खरिद गर्न छ हप्ताको समय दिनु भएको हो ।

ट्रम्प प्रशासनले राष्ट्रिय सुरक्षाको विषय उठाउँदै टिकटक एप्स अमेरिकी कम्पनी मार्फत अमेरिकामा डाउनलोड गर्न र हेर्न पाइने व्यवस्था गर्न लागेको हो । राष्ट्रपति ट्रम्पले टिकटकलाई अमेरिकी कम्पनीमार्फत मात्र अमेरिकामा प्रवेश गर्न दिइने बताउँदै यस्तो कदम अमेरिकाको सुरक्षाका निम्ति चाल्नु परेको स्पष्ट गर्नुभयो ।

ट्रम्पले टिकटक खरिद गर्न माइक्रोसफ्टले वार्ता गरिरहेको बताउनुभयो । टिकटकका अहिले विश्वभर एक अर्ब प्रयोगकर्ता छन् । खासगरी युवाबीच निकै लोकप्रिय टिकटकबाट ६० सेकेन्डका भिडियोहरु बनाएर पोस्ट गर्न सकिन्छ ।

चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटकलाई आगामी सेप्टेम्बर मध्यसम्ममा सम्झौता गरिसक्न अमेरिकी प्रशासनले म्याद दिएको छ । समयभित्र कुनै सम्झौता नभए टिकटक अमेरिकामा बन्द हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);