कपिलवस्तुमा सामुदायिक विद्यालयका विद्यार्थीलाई रेडियोबाट पढाउन सुरू | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

कपिलवस्तुमा सामुदायिक विद्यालयका विद्यार्थीलाई रेडियोबाट पढाउन सुरू

कपिलवस्तु,२० साउन । कपिलवस्तुको सीमावर्ती ३ स्थानीय तहका सामुदायिक विद्यालयका विद्यार्थीलाई रेडियोबाट पढाउन थालिएको छ। कोरोनाका कारण लामो समयदेखि पठन पाठनबाट बञ्चित विद्यार्थीहरु रेडियोबाट पढाउन थालीएपछि खुसी भएका छन् ।

कपिलवस्तुको यशोधरा गाउँपालिकाका ४ तथा कपिलवस्तु नगरपालिकाको १ र मायादेवी गाउपालिकाको एउटा माध्यमीक विद्यालयले रेडियोबाट पठनपाठन सुरु गरेका छन् । कक्षा ९ र १० का विद्यार्थी विहान ७ देखि ९ बजेसम्म रेडियोबाट पढ्ने गरेका छन् । यस्तै कक्षा ४ देखि ८ सम्मका विद्यार्थी दिउसो २ देखि ४ बजेसम्म पढ्ने गरेका छन् ।

स्थानीय रेडियोहरुले पठनपाठनका सामाग्री प्रशारण गर्ने गरेका छन् । पठनपाठनकोलागि विभिन्न संघसंस्थाले एउटा विद्यालयकोलागि ५५ वटाको दरले रेडियो वितरण गरिएको छ । साथै यशोधरा गाउपालिकाले पनि २५ वटा रेडियो वितरण गरेको छ । ४ देखि ६ जना विद्यार्थीको समुह बनाई रेडियो प्रदान गरिएको छ । नयाँ प्रविधिबाट पढ्न पाउँदा विद्यार्थीहरु पनि उत्साहित भएका छन् ।

लकडाउनको कारण महत्वपुर्ण समय खेर गईरहेकोमा अहिले सजिलैसंग घरमै बसेर पढ्न पढाउन पाएको शिक्षकहरुको भनाइ छ । विद्यार्थीलार्ई बार अनुसार दैनिक एक विषय पढाउने गरिएको छ । विद्यार्थीले पढे नपढेको अनुगमन पनि शिक्षकहरुले गर्ने गरेका छन् । ठूला कक्षाको रेडियो पाठ्य सामग्री यशोधरा गाउपालिकाको अनिरुद्र पब्लिक माविका शिक्षकले तयार गर्ने गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);