ट्रम्पद्वारा टिकटक बन्द गर्ने कार्यकारी आदेशमा हस्ताक्षर | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

ट्रम्पद्वारा टिकटक बन्द गर्ने कार्यकारी आदेशमा हस्ताक्षर

trump uses veto

एजेन्सी,२३ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वामित्व परिवर्तन नगरे ४५ दिनभित्र चीनको स्वामित्वमा रहेको भिडियो शेयर एप्लीकेशन टिकटक बन्द गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ ।

राष्ट्रपति ट्रम्पले चिनियाँ कम्पनी बाइटडेन्सले टिकटकको स्वामित्व नबेचे ४५ दिनभित्र अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गर्नुभएको हो । ट्रम्पको आदेशमा अमेरिकाले राष्ट्रिय सुरक्षाको मामिलामा टिकटक सञ्चालकहरू विरूद्ध आक्रामक कारबाही गर्नुपर्ने उल्लेख छ । राष्ट्रपति ट्रम्पले टिकटकलाई अमेरिकी कम्पनीमार्फत मात्र अमेरिकामा प्रवेश गर्न दिइने बताउँदै यस्तो कदम अमेरिकाको सुरक्षाका निम्ति चाल्नु परेको स्पष्ट गर्नुभयो ।

यो पनि पढ्नुहोस :

trump tiktok
अमेरिकामा टिकटक प्रतिबन्ध लगाउने ट्रम्पको घोषणा
trump tiktok
अमेरिकी कम्पनीलाई टिकटक बिक्री गर्न ट्रम्पद्वारा ६ हप्ताको समय प्रदान
tiktok
टिकटकमाथि प्रतिबन्ध लगाउन अदालतको आदेश

विदेशीको स्वामित्वमा रहेको टिकटक अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने भएको भन्दै नीति निर्माताले चासो व्यक्त गरेकाले ट्रम्पले त्यस्तो निर्णय गर्नुभएको हो । टिकटकका अहिले विश्वभर एक अर्ब प्रयोगकर्ता छन् । अमेरिकामा मात्र टिकटकको ८ करोड सक्रिय प्रयोगकर्ता छन् । खासगरी युवाबीच निकै लोकप्रिय चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटकलाई किन्न अमेरिकी कम्पनी माइक्रोसफ्ट लगयतका कम्पनीले चासो देखाएका छन् ।

टिकटकलाई आगामी सेप्टेम्बर मध्यसम्ममा सम्झौता गरिसक्न अमेरिकी प्रशासनले म्याद दिएको छ । समयभित्र कुनै सम्झौता नभए टिकटक अमेरिकामा बन्द हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);