भारतमा २० लाख भन्दा बढी मानिसमा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

भारतमा २० लाख भन्दा बढी मानिसमा कोरोना संक्रमण

एजेन्सी, २३ साउन । भारतमा २० लाख भन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । विगत २० दिनमा त्यहाँ १० लाख संक्रमित थपिएका छन् । यो संक्रमण वृद्धिदर अमेरिका र ब्रजिलको भन्दा बढी हो । अमेरिकामा संक्रमितको संख्या १० देखि २० लाख पुग्न ४२ दिन र ब्रजिलमा २७ दिन लागेको थियो।

भारतमा केही हप्तायता व्यापक रूपमा परीक्षण गरिएको छ। तर त्यहाँ राज्यअनुसार स्थिति फरक छ । संक्रमितको संख्या २० लाख नाघ्ने भारत तेस्रो देश बनेको छ।विगत २४ घण्टामा त्यहाँ ६२,१७० जनामा संक्रमण पुष्टि भएको थियो। यससँगै संक्रमितहरूको कुल संख्या २०,२५,४०९ पुगेको छ । तीमध्ये ४०,७०० जनाको मृत्यु भएको छ।

विश्वभरि कोभिड-१९ का कारण मृत्यु हुने देशमध्ये भारत शीर्षस्थ पाँचौँ स्थानमा छ । देशको १.३ अर्ब जनसंख्यासँग तुलना गर्दा मृतकको संख्या धेरै नभएको केही विज्ञहरूको तर्क दिएका छन् ।

दुई महिनासम्म लगाइएको प्रतिबन्धात्मक व्यवस्था जुन महिनाको सुरुतिर अन्त्य गर्दै भारतमा अर्थतन्त्र क्रमिक रूपमा चलायमान बनाउँदै लगिएको छ । भर्खरै व्यायामशालाहरू पुनः खुलेका छन्।

केही राज्यमा प्रति १० लाख मानिसमध्ये ४०,००० जनाको परीक्षण गरिएको छ भने अन्यत्र ६,००० परीक्षण मात्रै गरिएको छ । दक्षिण भारतको आन्ध्र प्रदेशमा सङ्क्रमितहरूको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ। आन्ध्र प्रदेश सर्वाधिक प्रभावित राज्यको सूचीमा महाराष्ट्र र तामिलनाडुपछि तेस्रो स्थानमा छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);