अमेरिकाका कोरोना टास्क फोर्सका वरिष्ठ चिकित्सकलाई ज्यान मार्ने धम्की | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

अमेरिकाका कोरोना टास्क फोर्सका वरिष्ठ चिकित्सकलाई ज्यान मार्ने धम्की

एजेन्सी, २३ साउन । अमेरिकाका वरिष्ठ चिकित्सक डाक्टर एन्थोनी फाउचीले आफूलाई ज्यान मार्ने धम्की आएको बताउनु भएको छ । अमेरिकामा कोरोना महामारी नियन्त्रणका लागि भइरहेका कामका बारे सार्वजनिक रुपमा विस्तारमा बताएकाले आफूले धम्की आएको उहाँको भनाइ छ ।

ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सका सदस्यसमेत रहेका डाक्टर फाउचीले आफूलाई र परिवारका सदस्यलाई मार्ने धम्की दिने, छोरीहरुलाई पनि दुःख दिने काम भइरहेको बताएको अमेरिकी संचार माध्यमहरुले जनाएका छन् । यस्तो धम्किपछि आफ्नोलागि सुरक्षाकर्मी समेत राखेको डाक्टर फाउचीको भनाइ छ ।

कोरोना भाइरस विरुद्ध निकै सक्रिय भएकै कारण फाउची अमेरिकाभर लोकप्रीय हुनुहुन्छ । उहाँले कोरोना नियन्त्रणको सवालमा धेरै पटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि असहमति जनाउने गर्नुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);