जम्मु–कश्मीरसहितको भूभाग समेटेर पाकिस्तानद्वारा नयाँ राजनीतिक नक्सा सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

जम्मु–कश्मीरसहितको भूभाग समेटेर पाकिस्तानद्वारा नयाँ राजनीतिक नक्सा सार्वजनिक

एजेन्सी, २१ साउन । पाकिस्तानले आफ्नो नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको छ । पाकिस्तानको मन्त्रिपरिषदबाट विवादास्पद रुपमा रहेको जम्मू, कश्मीर, लद्दाख र जूनागढ़ पाकिस्तानमा समटेर नक्सा सार्वजनिक गरेको हो ।

मंगलबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानले यसबारे जानकारी दिँदै मन्त्रिपरिषदको यो निर्णयलाई विपक्षी पार्टी र कश्मिीरी नेतृत्वले समेत स्वागत गरेको बताउनुभएको छ । प्रधानमन्त्री खानले भारतले गत साल अगस्ट ५ मा कश्मीरमा जे गैरकानुनी कदम उठायो पाकिस्तानको अहिलेको राजनितिक नक्शाले त्यसलाई नकार्ने बताउनुभएको छ ।

अब पाकिस्तानको स्कूल, कलेज, सरकारी कार्यालयमा मंगलबार जारी गरेको नयाँ आधिकारिक नक्शा गर्ने बताएको छ । भारतले भने पाकिस्तानले जारी गरेको नक्शाको कुनै वैधता नभएको प्रतिक्रिया दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);