भारतको नयाँ नक्सा सार्वजनिक, पाकिस्तानको आपत्ति | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

भारतको नयाँ नक्सा सार्वजनिक, पाकिस्तानको आपत्ति

naya naksa india

एजेन्सी, १८ कात्तिक । भारत सरकारले मुलुकको नयाँ नक्सा जारी गरेको छ । जम्मू/कश्मीर र लद्दाख केन्द्र शासित प्रदेश बनेपछि भारत सरकारले पहिलोपटक नयाँ नक्सा जारी गरेको हो ।

भारतको सर्वे विभागले तयार परेको यो नक्सामा भारतको गृह मन्त्रालयले केन्द्र शासित प्रदेश लद्दाखमा दुई जिल्ला करगिल र लेह हुने बताएको छ । बाँकी २६ जिल्ला जम्मूकश्मीरमा रहनेछन् । यो नक्सा बमोजिम अब भारतमा २८ राज्य र ९ वटा केन्द्र शासित प्रदेश भएका छन् । भारत सरकारको प्रतिवेदनमा प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाहको सुपरिवेक्षणमा जम्मू/कश्मीर र लद्दाखको सीमा निर्धारण गरिएको बताइएको छ । ५ अगष्ट २०१९ मा भारतीय संसद्मा संविधानको धारा ३७० र ३५ ‘ए’ लाई निष्प्रभावी बनाउने निर्णय बहुमतबाट गरिएको थियो ।

यसैबीच, भारतले जारी गरेको मुलुकको नयाँ मानचित्रप्रति छिमेकी मुलुक पाकिस्तानले आपत्ति जनाएको छ । भारतले जारी गरेको नयाँ नक्सामा केन्द्र शासित दुवै प्रदेशमातहका गिलगित/बाल्टिस्तान तथा पाक प्रशासित कश्मीरको केही क्षेत्रसमेत परेको भन्दै पाकिस्तानले उक्त नक्सा खारेज गरेको छ । पाकिस्तानले यसलाई गलत, कानुनी रुपमा अपुष्ट, अमान्य तथा संयुक्त राष्ट्र सुरक्षा परिषदको प्रस्तावको पूर्ण उल्लंघन भएको जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);