नयाँ दिल्लीमा सोमबारदेखि जोर विजोर प्रणाली लागू | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

नयाँ दिल्लीमा सोमबारदेखि जोर विजोर प्रणाली लागू

एजेन्सी, १८ कात्तिक । भारतको राजधानी नयाँ दिल्लीमा सोमबारदेखि यातायातका साधनमा जोर विजोर प्रणाली लागू भएको छ ।

यातायातका साधनबाट निस्किने धुवाँ र धुलोका कारण वायु प्रदुषण भएको भन्दै राज्य सरकारले नयाँ दिल्लीमा सोमबारबाट जोर नम्बरका सवारी साधन मात्र चलाउने निर्णय गरेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

दिल्लीमा विगत केही समयदेखि वायुप्रदुषणले जनजिवन नै अस्त व्यस्त बनाएपछि दिल्ली सरकारले वातावरण प्रदुषण रोक्न पहल थालेको हो । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले वातावरण प्रदुषण नियन्त्रणका लागि सरकारको प्रयासमा सहयोग गर्न र यातायातमा जोरविजोर प्रणाली लागू गर्न नागरिकहरूलाई आग्रह गरेका छन् ।

दिल्लीमा ‘आम आदमी’ पार्टी नेतृत्वको राज्य सरकारले घोषणा गरेको यो कार्यक्रम आगामी दश दिनसम्म लागू गरिने छ । सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) र प्रतिपक्षी दल कांग्रेस–आईले भने यो निर्णयको विरोध गरेका छन् । यसअघि नै अत्याधिक वायुप्रदुषणका कारण दिल्लीमा विद्यालयहरु बन्द गरिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);