रूसलाई कोरोनाको खोपको अनुसन्धान तथा उत्पादनमा तोकिएका निर्देशन पालना गर्न आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

रूसलाई कोरोनाको खोपको अनुसन्धान तथा उत्पादनमा तोकिएका निर्देशन पालना गर्न आग्रह

WHO

एजेन्सी, २१ साउन । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले रूसलाई कोरोना भाइरसको खोपको अनुसन्धान तथा उत्पादनमा तोकिएका निर्देशनहरू पालना गर्न आग्रह गरेको छ । कारोनाको खोप उत्पादन सुरु गर्ने घोषणा गरेपछि डब्ल्युएचओले रुसलाई सुरक्षित र प्रभावकारी खोप उत्पादन गर्ने मापदण्ड तथा निर्देशनहरू पालना गर्न आग्रह गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

रूसले आगामी अक्टोबरदेखि प्रयोगमा ल्याउन मिल्ने गरि ३ करोड डोज कोरोनाको खोप उत्पादन गर्ने बताइसकेको छ । खोप विकासमा लागेको रुसी संस्थाले मध्य रूसका तीन स्थानमा उत्पादन प्रविधि तयार गरिरहेको बताइएको छ । यस अघि रुसका स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले खोपको क्लिनिकल परीक्षणहरू सम्पन्न भइसकेको र राज्यमा दर्ताका लागि आवश्यक प्रक्रिया सुरू भइरहेको बताउनुभएको थियो ।

हाल उत्पादनको चरणमा रहेको उक्त खोपले अन्य भाइरसहरूको प्रयोग गरी शरिरमा आवश्यक प्रतिरक्षा कोशिका उत्पादन गरी उपचारमा सहयोग गर्ने रुसको दावी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);