युरोपमा कोरोना भाईरसविरुद्धको खोप अभाव, विभिन्न मुलुकमा खोप कार्यक्रम नै स्थगित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

युरोपमा कोरोना भाईरसविरुद्धको खोप अभाव, विभिन्न मुलुकमा खोप कार्यक्रम नै स्थगित

एजेन्सी, १० माघ । कोरोना भाईरसविरुद्धको खोप अभाव पछि युरोपका विभिन्न मुलुकमा खोप कार्यक्रम स्थगित गरिएको छ । उत्पादनमा देखिएको समस्याका कारण लक्ष्य भन्दा कम मात्रामा खोप उत्पादन हुन थालेपछि युरोपका विभिन्न मुलुकमा खोप कार्यक्रमा स्थगित भएको हो ।

बेलायती कम्पनी एस्ट्राजेनिकाले लक्ष्य अनुसार खोप उत्पादन गर्न नसकेको स्विकारेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । जर्मनीको सबैभन्दा धेरै जनसंख्या भएको राज्य र इटालीका कयौँ क्षेत्रमा खोपको पहिलो मात्रा नै पु¥याउन सकिएको छैन भने स्पेनको म्याड्रिडमा स्वास्थ्यकर्मीलाई समेत खोप दिन बन्द गरिएको छ ।

गत साता फाइजरले आउँदा केही समयका लागि खोपको आपूर्ति ढिलो हुने जनाएको थियो । युरोपीयन युनियन ईयूले फाइजरबाट मात्र ६० करोड डोज खोप अर्डर गरेको छ । ईयूले अर्को अमेरिकी कम्पनी मोडेर्नाको खोपलाई समेत स्विकृति दिएको छ ।

यसैक्रममा इटली र पोल्यान्डले उत्पादन घटाउने कदमविरुद्ध कानुनी उपचारमा जाने धम्की दिएका छन् । युरोपेली आयोगले पनि स्वीकृति भइसकेका कोरोना भाइरसको खोपको आपूर्तिमा भइरहेको ढिलाइका विषयमा फाइजरसँग स्पष्टीकरण सोध्ने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);