कोरोना खोप उत्पादन गर्ने भारतीय कम्पनीमा आगलागी हुँदा १० अर्बको क्षति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कोरोना खोप उत्पादन गर्ने भारतीय कम्पनीमा आगलागी हुँदा १० अर्बको क्षति

एजेन्सी, १० माघ । कोरोना भाइरसविरुद्धको खोप उत्पादन गरिरहेको भारतको सिरम इन्स्टिच्यूटले आफ्नो उद्योगमा भएको आगलागीबाट १० अर्ब भारतीय रुपैंया बराबरको नोक्सानी भएको जनाएको छ ।सिरमको उद्योगमा गएको बिहीबार आगलागी भएको थियो ।

उद्योगमा लागेको आगोका कारण अर्बौँको नोक्सानी भए पनि खोप भने सुरक्षित रहेको सिरमका प्रमुख कार्यकारी अधिकृत अदार पूनावालाले जानकारी दिनुभयो ।

कोरोना भाइरसविरुद्धको खोपको आपूर्तिमा आगलागीले कुनै असर नगर्ने पनि उनले बताएका छन् । औषधि उत्पादन गर्ने पुणेस्थित उद्योगमा भएको आगलागीमा पाँचजनाको ज्यान गएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);