चिनियाँ राजदूतबाट स्वास्थ्यमन्त्रीलाई खोप हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

चिनियाँ राजदूतबाट स्वास्थ्यमन्त्रीलाई खोप हस्तान्तरण


काठमाडौं, १६ चैत । चीनको सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोप चिनियाँ राजदूत हउ यान्छीले सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेकी छिन्।

भेरासेल नामको उक्त खोपको ८ लाख डोज बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल एयरलाइन्सको चाटर्ड विमानमा सोमबार काठमाडौं आइपुगेको हो । खोप लिन एयरलाइन्सको जहाज आइतबार चीन गएको थियो ।

चीनले गत माघ १८ गते नेपाललाई तीन लाख डोज खोप सहयोग गर्ने बताए पनि फागुन १७ मा थप ५ लाख डोज थपेर अनुदानमा ८ लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);