सवा ६ लाख बालबालिका प्रभावित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सवा ६ लाख बालबालिका प्रभावित

khop baby

वीरगन्ज, २५ चैत । कोरोना (कोभिड–१९) भाइरसको संक्रमण खतरा रोक्न सरकारले लागू गरेको ‘लकडाउन’का कारण देशभरि खोप कार्यक्रम प्रभावित भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण माहाशाखाले यतिखेर नियमित खोप कार्यक्रम स्थगित भएको जनाएको छ ।

बिसिजी खोप कार्यक्रम सञ्चालित देशमा कोरोना संक्रमण कम भएको र महामारी रोक्न मद्दत मिलेको अध्ययनले देखाइरहेका बेला लकडाउनका कारण खोप कार्यक्रम नै स्थगित हुन पुगेको छ ।

‘लकडाउनको अवस्थामा यातायात सञ्चालित छैन, जसले गर्दा धेरै ठाउँमा भ्याक्सिन पठाउन सकिएको छैन,’ माहाशाखाका निर्देशक डा. भीम सिंह तिंकरीले नागरिकसित टेलिफोनमा भने, ‘स्वास्थ्यकर्मीलाई खोप दिन जाऊ भन्ने अवस्था छैन, मानिसलाई जमघट गराउन पनि अहिले ठीक छैन।’ उनले नेपालमा अहिले नियमित खोप लिने उमेर समूहका ६ लाख २१ हजार बालबालिका रहेको जानकारी दिए ।

‘अभियानको रुपमा चलाइएको दादुरा रुबेला खोप कार्यक्रम पनि १, २ र ५ नम्बर प्रदेशमा मात्र सम्पन्न भएको छ। बाँकी ४ वटा प्रदेशमा ‘लकडाउन’ का कारण हुन पाएको छैन,’ तिंकरीले भने। उनले यातायात सञ्चालन भएलगत्तै खोप कार्यक्रम पनि सञ्चालन हुने बताए ।

जिल्ला स्वास्थ्य कार्यालयहरुले केन्द्रबाट खोप कार्यक्रम केही समयका लागि रोक्नमौखिक निर्देशन आएको जनाएका छन्। ‘हाललाई केही समय खोप रोकिराख्न भनिएको छ,’ पर्सा स्वास्थ्य कार्यालयका खोप कार्यक्रम इन्चार्ज अनिल सिंहले भने, ‘लकडाउनमा खोप कार्यक्रम सञ्चालन गर्ने अवस्था पनि छैन ।’

वीरगन्ज महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुखसमेत रहेका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरुणकुमार महतोले हाललाई खोप कार्यक्रम रोकेको बताए।

‘खोप चलाउन समस्या छैन, तर खोपकेन्द्रमा जुन भिडभाड हुनेछ त्यसले गर्दा जोखिम उठाउने अवस्था छैन,’ महतोले भने, ‘केही समय ढिलो हुँदैमा खासै फरक पर्दैन।’ खोप कार्यक्रम नचलेको बारे कुनै पनि सूचना नपाएर भने बच्चाका आमाबुवा चिन्तामा छन्। नयाँ पत्रिका दैनिकमा रितेश त्रिपाठीले समाचार लेखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);