झपाका १० प्रतिशत बालबालिका नियमित खोपबाट बञ्चित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

झपाका १० प्रतिशत बालबालिका नियमित खोपबाट बञ्चित

khop

सुरेन्द्र भण्डारी
झापा, २२ बैशाख
। झापा जिल्लालाई २०७५ बैशाख भित्र पूर्ण खोप जिल्ला घोषणा गर्ने भनिए पनि अझै चार वटा स्थानीय तहमा खोप अभियानले पूर्णता पाउन सकेको छैन । झपाका १० प्रतिशत बालबालिका अझै नियमित खोपबाट बञ्चित छन् । ८ नगरपालिका र ७ गाउँपालिका गरी कुल १५ स्थानीय तह रहेको झापामा चारवटा स्थानीय तहका खोप अभियानले पूर्णता पाउन सकेको छैन ।

हालसम्म नेपालका जम्मा ४२ जिल्ला मात्र पूर्ण खोपयुक्त जिल्ला घोषणा भएका छन् । स्वास्थ्य सेवा विभाग वाल स्वास्थ्य महाशाखाका अनुसार अझै पनि तराइका अधिकांश जिल्ला खोपयुक्त जिल्ला घोषणा हुन सकेको छैन । अझै नेपालका २२ प्रतिशत बालबालिका खोपसेवाबाट बञ्चित छन् ।

झापा जिल्लालाई पनि २०७५ पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने बताइए पनि अझै १० प्रतिशत बालबालिका खोपसेवाको पहुँचबाहिर छन् । झापाका मेचीनगर, बिर्तामोड र दमक नगरपालिका तथा गौरिगञ्ज गाउँपालिकामा खोप अभियानले पूर्णता पाउन सकेको छैन । अशिक्षा र जनचेतनाको कमिका कारण खोप लगाउने समयमा अविभावकले बच्चा नल्याएको कारण बालबालिका खोपबाट बञ्चित हुने गरेको जिल्ला जनस्वास्थ्य कार्यालयको भनाइ छ ।

झापामा ९१ हजार ७ सय ३७ जना ५ बर्ष मुनिका बालबालिका छन् । जस मध्ये १० प्रतिशत बालबालिका खोपसेवाको पहुँच बाहिर छन् । सबै बालबालिकालाई खोप लगाउन स्थानीय स्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);