३२ औ जिल्लाको रुपमा बाजुरा पूर्ण खोप यूक्त घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

३२ औ जिल्लाको रुपमा बाजुरा पूर्ण खोप यूक्त घोषणा

मदन वि.क.
बाजुरा, १५ पौष । बाजुरा जिल्लालाई शुक्रबार एक भव्य समारोहका विच देशकै ३२ औ जिल्ला र प्रदेश नं. ७ को आठौं जिल्लाका  रुपमा पूर्ण खोप युक्त जिल्ला घोषणा गरिएको छ ।

 

“स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप युक्त जिल्ला हाम्रो प्रतिवबद्धता” भन्ने मुल नाराका साथ जिल्लालाई पूर्ण खोप युक्त घोषणा गरिएको हो । जिल्ला भरिका ४ नगरपालिका र ५ गाउँपालिका गरि ९ वटै स्थानीय तहका साविकका २७ वटै गाविसका १६ देखि २३ महिनाका सवै बालवालिकाहरुले पूर्ण खोपको मात्रा पाएपछि जिल्लालाई नै भव्यताका साथ पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका कार्यालय प्रमुख डाः रुपचन्द्र विश्वकर्माले बताए ।

 

पूर्ण खोप युक्त जिल्ला घोषणा संगै जिल्लाका सवै स्वास्थ्य संस्थाहरुलाई स्थानीय तहमा रहने गरी हस्तान्त्रण समेत गरिएको छ ।
जिल्लामा २०७१ साल देखी सुरु गरिएको खोप अभियानमा जन्मेदेखी १ वर्ष सम्मका ३१ सय ६४ जनाको तार्केट गरे पनी ३९ सय २० जना बालबालिकालाई पूर्ण खोप लगाइएको थियो ।

जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र रोकायाको अध्यक्षतामा संचालन गरिएको कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधी सभा सदस्य लाल बहादुर थापा रहेका थिए भने कार्यक्रममा स्वास्थ्य बिभिगका महानिर्देशक राजेन्द्र पन्त, स्वास्थ्य मन्त्रालय चिकित्सा महाशाखा प्रमुख डाक्टर भोलाराम श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा बिभिन्न स्थानिय झाकी भुवाचाली देउडा लगायत बिभिन्न जनचेतनामुलक सास्कृतीक कार्यक्रम पनि गरिएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);