काठमाडौं पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

काठमाडौं पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

काठमाडौं, २६ चैत । देशको राजधानी काठमाडौंलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले सोमबार काठमाडौंमा एक कार्यक्रमकाबीच काठमाडौं जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेका हुन् ।

कार्यक्रममा बोल्दै उनले २३ महिना भित्रका सबै बालबालिकालाई खोप उपलब्ध गराउने प्रतिवद्धता सहित काठमाडौंलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्नु आफैंमा गौरवको कुरा भएमा खुसी व्यक्त गरे ।

उपराष्ट्रपति पुनले काठमाडौंलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने महिला स्वयमसेविकाहरुको कामको पनि खुलेर प्रशंशा गरे  ।

पुनले काठमाडौंलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्न सघाउ पु¥याउने जनप्रतिनिधिहरु, सामाजिक संघ, संस्थाहरुप्रति पनि आभार व्यक्त गरे । काठमाडौं जिल्ला समन्वय समिति, काठमाडौं महानगरपालिका र सामाजिक संघ, संस्थाहरुको पहलमा काठमाडौंलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);