गुणस्तरीय सेवा उपलब्ध गराउन उपराष्ट्रपतिको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

गुणस्तरीय सेवा उपलब्ध गराउन उपराष्ट्रपतिको ध्यानाकर्षण

Nanda-Bahadur-pun

काठमाडौं, २६ चैत । उपराष्ट्रपति नन्दबहादुर पुनले आम नागरिकलाई सर्वसुलभ र गुणस्तरीय सेवा उपलब्ध गराउन सरकारको  ध्यानाकर्षण गराएका छन् ।

उपराष्ट्रपति पुनले स्वास्थ्य सेवालाई सबै नागरिकको पहुँचमा पु-याउने संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्ने दायित्व सरकारको भएको बताए ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारी अस्पतालमा गुणस्तरीय सेवा उपलब्ध गराउने व्यवस्था गर्न सरकारलाई सचेत गराए । उपराष्ट्रपति पुनले निजी अस्पतालमा आम नागरिकको पहुँच वृद्धि गर्ने वातावरण बनाउन ढिलाई गर्न नहुनेमा जोड दिए ।

उपराष्ट्रपति पुनले काठमाडौं उपत्यकाको पुरातात्विक महत्वको सम्पदाहरुको पुनर्निर्माणको काममा तीव्रता दिन पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराए । उनले काठमाडौं उपत्यकालाई सफा र सुन्दर बनाउने दायित्व सबैको भएको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);