विदेशमा रहेका नेपाली वैज्ञानिकलाई स्वदेशमा फर्कन आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

विदेशमा रहेका नेपाली वैज्ञानिकलाई स्वदेशमा फर्कन आग्रह

Nanda-Bahadur-pun

काठमाडौं, ९ कात्तिक । उपराष्ट्रपति नन्दबहादुर पुनले विदेशमा रहेका नेपाली युवा वैज्ञानिकहरुलाई स्वदेशमै फर्किएर काम गर्न आग्रह गरेका छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले नेपालका दक्ष जनशक्ति विदेसिंदा सरकारको समृद्ध नेपालको सपना पूरा नहुने भन्दै उनले विदेशमा रहेका युवा वैज्ञानिकहरुलाई नेपाल फर्कन आग्रह गरे ।

अधिकांश नेपाली युवा वैज्ञानिकहरु विदेशमा रहेको बताउँदै उनले उनीहरुलाई स्वदेशमा नै रोजगारीको उचित व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।

उपराष्ट्रपति पुनले सरकार समृद्ध नेपाल र दिगो विकास गर्ने लक्ष्यमा हिंडिरहेको तर समृद्धीको यात्रामा धेरै चुनौतीहरु रहेको र त्यसलाई चिर्न सबै लाग्नुपर्ने उल्लेख गरे । उनले विज्ञान र प्रविधिका क्षेत्रमा अन्य क्षेत्रको भन्दा बढी बजेट छुट्याउन पनि सरकारको ध्यानकर्षण गराए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);