उद्योगमैत्री वातावरण बनाउन उपराष्ट्रपतिको सरकारलाई ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

उद्योगमैत्री वातावरण बनाउन उपराष्ट्रपतिको सरकारलाई ध्यानाकर्षण

up pun

काठमाडौं, २५ चैत । उपराष्ट्रपति नन्दबहादुर पुनले उद्योगमैत्री वातावरण बनाउन सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् । उपराष्ट्रपति पुनले व्यवसायीहरुले पटक–पटक आग्रह गर्दा पनि उद्योगमैत्री वातावरण बनाउन सरकारले चाँसो नदिएको उल्लेख गर्दै असन्तुष्टि व्यक्त गरे ।

ग्रील तथा स्टील व्यवसायी महासंघ, नेपालको २५ औं वार्षिक साधारण सभा तथा ८ औं राष्ट्रिय महाधिवेशनको सोमबार काठमाडौंमा उद्घाटन गर्दै उनले सरकारले व्यवसायीहरुको माग अनुसार उद्योग तथा लगानी मैत्री वातावरण बनाउन नसकेकै कारण मुलुक पछि परेको स्पष्ट पारे ।

उपराष्ट्रपति पुनले सरकारको उचित नीतिको अभावमा नेपालको उद्योग व्यवसाय धरासायी भएको बताए । उनले मुलुकलाई समृद्ध बनाउन उद्योगको विकास र त्यसमा आवश्यक लगानीको व्यवस्था गर्न सरकारले ढिलाई गर्न नहुने आवश्यक्ता औंल्याए ।

कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले उद्योगमैत्री वातावरण निर्माण गर्न सरकारसँग माग गरे । उनले दोहोरो कर लिनेलगायतका व्यवस्थाका कारण अझै पनि मुलुकमा उद्योगमैत्री वातावरण बन्न नसकेको स्पष्ट पारे ।

ग्रील तथा स्टील व्यवसायी महासंघ, नेपालका अध्यक्ष मोहन कटुवालले ग्रील व्यवसायको उत्थानका लागि सरकारले स्पष्ट नीति समेत तय गर्न नसकेको गुनासो गरे । उनले ग्रील व्यवसायबाट मुलुकको समृद्धिमा योगदान पु-याउन पनि सरकारले अनुकूल वातावरण बनाउन ढिलाई गर्न नहुने स्पष्ट पारे ।

कार्यक्रममा उपराष्ट्रपति पुनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, न्यूज एजेन्सी नेपालकी अध्यक्ष कृष्णा पौडेललगायतलाई सम्मान गरेका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);