प्रशोधित पानी उत्पादन निर्देशीकाप्रति व्यवसायीको आपत्ति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

प्रशोधित पानी उत्पादन निर्देशीकाप्रति व्यवसायीको आपत्ति

pani nirdeshika

सन्तोष रोकाया
कैलाली, २२ बैशाख । प्रदेश–७ सरकारले तयार पारेको प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशीकाप्रति व्यवसायीहरुले आपत्ति जनाएका छन् । निर्देशिका बमोजिम पानी प्रशोधनका लागि अटोमेटिक मेसिनको प्रयोग गर्दा महंगो पर्ने भन्दै व्यवसायी असन्तुष्ट भएका हुन् ।

स्वच्छ र सफा पानि पिउन पाउनु नागरिकको अधिकार हो । साथै खाद्य वस्तुको गुणस्तरमा कुनै सम्झौता गर्न पाईंदैन । तर, प्रदेश–७ का व्यवसायी भने सरकारले बनाएको प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशीका पालना नगर्ने चेतावनी दिइरहेका छन् । मापदण्ड अनुसारको मेसिन खरिद गर्दा महंगो पर्ने र व्यवसाय नै धारासायी हुने उनीहरुको तर्क छ ।

खाद्य प्रविधी तथा गुण नियन्त्रण विभागले भने सफा र स्वच्छ पानी उत्पादनका लागि सरकारले बनाएको मापदण्डप्रति असन्तुष्टि जनाइरहेका व्यवसायीको गुनासो समेट्ने जानएको छ ।

प्रविधि महंगो पर्छ भनेर व्यवसायीलाई खाद्य वस्तुको गुणस्तरमा सम्झौता गर्ने छुट छैन । स्वच्छ र सफा पानी पिउनु पाउने नागरिकको हकको संरक्षण गर्न सबै पक्ष सचेत हुनुपर्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);