बाँकेमा ८० प्रतिशत जनता स्वच्छ पानी पिउनबाट बञ्चित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

बाँकेमा ८० प्रतिशत जनता स्वच्छ पानी पिउनबाट बञ्चित

बाँक, ६ असोज । बाँके जिल्लामा ८० प्रतिशत मानिस स्वच्छ पानी पिउनबाट वञ्चित भएका छन् । प्रदेश नम्बर ५, ६ र ७ को शहर समेत मानिएको बाँके जिल्लामा अहिले पनि सर्वसाधरणहरु कुवाको, खुल्ला आकाशको र ईनारको पानी पिउने वाध्य छन् ।

बाँकेको नेपालगन्ज उप–महानगरपालिका र कोहलपुर नगरपालिकामा खानेपानीको धारा र प्रशोधित पानी पिउने व्यवस्था केही मात्रामा रहेपनि अन्य स्थानीय निकायमा खुल्ला र हातेपम्पको पानी सर्बसाधरणले सिधै पिउने गरेका छन्।

तथ्यांक अनुसार जिल्लामा ९५ प्रतिशत सामुदायिक र निजि विद्यालयका विद्यार्थीका लागि हातेपम्प र ईनारको पानी प्रयोग गर्ने गरिएको छ । हाते पम्प पानी दुषित रहेको थाहा पाउँदा पाउँदै पनि विद्यार्थीलाई खान दिनु परेको मावि बनकट्टीका प्रधानाध्यापक महोमद हुसेन खानले बताए ।

बाँकेमा खानेपानी संस्थान र उपभोक्ता समितिका जडान धाराहरुमा बर्षातमा हिलो, धमिलो पानी मिसावट हुने गरेको छ । बेलाबेला ढल, नाला समेत मिसावट हुँदै आएको छ । जिल्लामा पुराना धाराका आयोजना बिग्रिएका छन् ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नेपालगन्जका ईन्जिनियर प्रकाशजंग शाहले नयाँ योजना निर्माण गरेर शुद्ध पिउने पानी व्यवस्थाको तयारी भैईरहेको जानकारी दिए ।

खानेपानी संस्थान नेपालगन्जले उपमहानगरपालिकाका ४ हजार ६ सय उपभोक्ताका घरमा मात्रै धारा जडान गरेको छ । अहिले संस्थानले दिनमा ३६ लाख लिटर पानी वितरण गर्दै आएको छ ।

यता कोहलपुर नगरपालिकामा अहिले खानेपानी धाराको माग प्रतिसेकेन्ड ३६ लिटर छ । तर खानेपानी उपभोक्ता समितिले दुई वटा बोरिङ पम्पबाट प्रति सेकेन्ड २२ लिटर मात्र पानी उत्पादन गरिरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);