भारतीय प्रधानमन्त्री मोदीद्वारा राम मन्दिरको शिलान्यास | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

भारतीय प्रधानमन्त्री मोदीद्वारा राम मन्दिरको शिलान्यास

एजेन्सी , २१ साउन । भारतले उत्तरप्रदेश स्थित अयोध्यामा राममन्दिर निर्माण शुरु गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार विशेष कार्यक्रमबीच भूमि पूजा गरेर मन्दिर निर्माणको विधिवत् थालनी गर्नुभएको हो ।

मोदीले मन्दिरको जगमा चालीस किलोका पाँच वटा चाँदीको इँटा राखेर मन्दिर निर्माणको शिलान्यास गर्नुभएको हो । राम मन्दिर निर्माण भारतीय राजनीतिमा दशकौंदेखि प्रमुख मुद्दा रहँदै आएको थियो । शिलान्यास कार्यक्रमलाई भव्य बनाउन भनेर अयोध्यालाई विशेष रुपमा सजाइएको थियो ।

भारतको सत्तारुढ दल भारतीय जनता पार्टी भाजपाले राम मन्दिर निर्माणलाई विगत तीन दशकभन्दा बढी समयदेखि नै राजतीनिक मुद्दाका रुपमा उठाउँदै आएको थियो । बुधबार भएको राम मन्दिरको शिलान्यान्सलाई भाजपाको ठूलो राजनीतिक जितका रुपमा हेरिएको छ । भगवान रामको जन्मभूमि मानिएको अयोध्यामा सन् १९९२ मा हिन्दू भिडले मध्ययुगिन बाबरी मस्जिद भत्काएको थियो ।

दशकौँसम्म सो स्थानको स्वामित्वका लागि भारतमा हिन्दू र मुस्लिम संगठनबीच विवाद रहदै आएको थियो । तर गत वर्ष भारतको सर्वोच्च अदालतले सो स्थान हिन्दूहरूको हुने निर्णय गरेको थियो।

सर्वोच्च अदालतले अध्योध्याको विवादास्पद भूमि हिन्दु पक्षको भएको फैसला गरेपछि राम मन्दिर निर्माणको बाटो खुलेको हो । सर्वोच्चले मस्जिद बनाउन मुस्लिम धर्मावलम्वीलाई अर्कै भूमी उपलब्ध गराएकोछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);