बाबरी मस्जिद घटनासम्बन्धी मुद्दाका सबै ३२ अभियुक्तलाई २८ वर्षपछि सफाइ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बाबरी मस्जिद घटनासम्बन्धी मुद्दाका सबै ३२ अभियुक्तलाई २८ वर्षपछि सफाइ

एजेन्सी, १४ असोज । भारतको उत्तर प्रदेश स्थित अयोध्यामा रहेको बाबरी मस्जिद तोडफोड भएको २८ वर्षपछि लखनऊको विशेष अदालतले घटना सम्बन्धि मुद्धाका सबै ३२ जनालाई सफाइ दिएको छ ।

भारतको केन्द्रीय अनुसन्धान ब्युरो सीबीआई अन्तर्गत गठित विशेष अदालतले बुधबार बाबरी मस्जिद भत्काइएको घटनासम्बन्धी मुद्दाका सबै ३२ अभियुक्तलाई सफाइ दिएको हो ।

अदालतले बुधबार आफ्नो अन्तिम फैसला सुनाउँदै सत्तारूढ दल भारतीय जनता पार्टी भाजपाका वरिष्ठ नेताहरू लालकृष्ण आडवाणी, मुरलीमनोहर जोशीलगायतलाई ठोस प्रमाण नभएको भन्दै सफाइ दिएको हो ।

न्यायाधीश एसके यादवले फैसलामा अभियुक्तहरूले घटनाका लागि पूर्वषड्यन्त्र रचेको भन्ने आरोप पुष्टि नहुने र प्रमाणका रूपमा पेस गरिएका अडियो एवं भिडियो प्रस्ट नभएको उल्लेख गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सन् १९९२ डिसेम्बर ६ मा भाजपानिकट हिन्दू कट्टरवादीले राम जन्मभूमि भएको दाबी गर्दै अयोध्यामा १६औं शताब्दीमा निर्मित बाबरी मस्जिदको बाहिरी संरचना भत्काइदिएका थिए ।

त्यसपछि भड्किएको साम्प्रदायिक हिंसामा २ हजारभन्दा बढीको ज्यान गएको थियो ।उक्त घटनामा संलग्न भएको आरोपमा सीबीआईले सुरुमा आडवाणी, जोशीलगायत ४९ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

मुद्दा किनारा नलाग्दै १७ जनाको मृत्यु भइसकेको बताइएको छ । बाँकी ३२ अभियुक्तमध्ये गत महिना अयोध्यामा शिलान्यास गरिएको राम मन्दिर निर्माणका लागि गठित श्री जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका प्रमुख नृत्यगोपाल दास,उत्तरप्रदेशका पूर्व मुख्यमन्त्री कल्याण सिंह,भाजपा नेत्री उमा भारती पनि छन ।

अदालतले फैसलाका दिन सबै अभियुक्तलाई उपस्थित हुन आदेश दिएको थियो । तर, आडवाणी, जोशी र भारतीलगायत उपस्थित नभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अदालतमा २६ जना आरोपित मात्र उपस्थित रहेका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);