भारतका 'भावि राष्ट्रपति' नै अब जेलमा, अदालतले गर्यो बाबरी मस्जिद काण्डको यस्तो तयारी | ईमाउण्टेन समाचार

Our Network

असोज ७ २०८३, बिहीबार

भारतका ‘भावि राष्ट्रपति’ नै अब जेलमा, अदालतले गर्यो बाबरी मस्जिद काण्डको यस्तो तयारी

बाबरी मस्जिद काण्डमा मुछिएका भाजापाका शीर्ष तीन नेताको मुद्दा पुनरावलोकन नहुने, भावि राष्ट्रपतिका रुपमा प्रचारीत नेता आडवानी अब जेल पर्ने सम्भावना

भारतका 'भावि राष्ट्रपति' नै अब जेलमा

काठमाडौं । भारतको विशेष अदालतले सत्तारुढ भारतीय जनता पार्टीको माथिल्लो तहका तीनजना नेतालाई बाबरी मस्जिद काण्डमा दोषी रहेको भन्दै मुद्दा यथावत राख्ने निर्णय गरेको छ । 

अदालतले सन् १९९२ मा अयोध्यामा रहेको बाबरी मस्जिद भत्काउने तथा हिन्दु मुस्लिम नागरिकबीच हिंसा भड्काउने आपराधिक योजना बनाएको भन्दै भाजपाका पूर्व अध्यक्ष लालकृष्ण आडवानी, वरिष्ठ नेता मुरलीमनोहर जोशी तथा संघीय मन्त्री उमा भारतीलाई दोषी रहेको अभियोगमा मुद्दा अघि बढाउने निर्णय गरेको हो ।

उनीहरुमाथिको मुद्दा खारेज हुनुपर्ने भन्दै यसअघि रिट दायर गरिएको थियो । तीनैजना नेता सुनुवाइका बेला अदालतमा उपस्थित रहेको र फैसलापछि धरौटीमा छुटेको बिबिसीले जनाएको छ ।

सन् १९९२ मा अयोध्यामा भड्कीएको हिंसामा झण्डै दुई हजार जनाको ज्यान गएको थियो । बाबरी मस्जिद भत्काइएको ठाउँमा हिन्दुहरुले मन्दिर बनाउनुपर्ने र मुस्लिम समुदायले मस्जिद बनाउनुपर्ने माग गर्दै आएका छन् ।

आडवानीलाई भारतको भावि राष्ट्रपतिका रुपमा हेरिएको थियो । यो मुद्दामा अदालतले दोषी ठह¥याउने भएपछि भाजपा राजनीतिक संकटमा परेको छ ।

 

Leave a Reply

ताजा समाचार