देशभरका मस्जिद र मदरसामा अनुगमन सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

देशभरका मस्जिद र मदरसामा अनुगमन सुरु

masjid anugaman

काठमाडौं, ९ वैशाख । उदयपुरको मस्जिदमा रहेकाहरुमा कारोना संक्रमण देखिएपछि अहिले देशभरका मस्जिद र मदरसामा अनुगमन थालिएको छ । राष्ट्रिय मुस्लिम आयोगले समिति गठन गरेर स्थानीय प्रशासनसँगको सहकार्यमा अनुगमन थालेको हो। मंगलबार काठमाडौंमा रहेका ४ वटा मस्जिदहरुमा अनुगमन गरिएको छ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य,महानगरीय प्रहरी प्रमुख विश्वराज पोखरेलसहित मुस्लिम आयोगको टोलीले मंगलबार काठमाडौंका विभिन्न ठाउँहरुमा रहेका मस्जिद र मदरसामा अनुगमन गरेको हो।

मस्जिदमा अनुगमनपछि मेयर शाक्यले मस्जिदहरुमा जमातीहरु लुकेर बसेको आशंका जनमानसमा रहेकाले अनुगमन गरिएको बताउनुभयो । उहाँले अनुगमनका क्रममा कोहीपनि लुकेर बसेको नपाइएको बताउनुभयो ।

मुस्लिम आयोगका अध्यक्ष समिम मिँया अन्सारीले उदयपुरको घटनापछि जनमानसमा पर्न गएको भ्रम चिर्नका लागि मुस्लिम आयोगले सर्वपक्षिय बैठकमार्फत अनुगमन समिति गठन गरी अनुगमन थालिएको जानकारी दिनुभयो ।

गत शुक्रबार उदयपुरको एक मस्जिदमा बस्दै आएका १२ जना जमातीहरुमा कोरोना भाइरस संक्रमण फेला परेको थियो ।

masjid anugaman1

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);