चीनसँग स्वास्थ्य सामग्री खरिदका लागि २ अर्ब २६ करोड बढीको सम्झौता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

चीनसँग स्वास्थ्य सामग्री खरिदका लागि २ अर्ब २६ करोड बढीको सम्झौता

NEPALI SENA-2

काठमाडौं, ९ वैशाख । नेपाली सेनाले चीनबाट स्वास्थ्य सामग्री खरिदका लागि २ अर्ब २६ करोड बढीको सम्झौता गरेको छ । नेपाली सेनाले चीनबाट ल्याउन लागेको ७६ थरीका स्वास्थ्य सामग्री र औषधिहरुको मूल्य २ अर्ब २६ करोड ७ लाख ८१ हजार ४७ रुपैयाँ रहेको छ ।

सेनाले चीनको सरकारी कम्पनी चाइना साइनो फर्म इन्टरनेशनल कर्पोरेसनसँग गरेको सम्झौता अनुसार अनुसार राष्ट्र बैंकमार्फत् एक करोड ८४ लाख ४१ हजार ७ सय ६ अमेरिकी डलर भुक्तानी गरेको जनाइएको छ । उक्त डलरको नेपाली रुपैयाँ करिब २ अर्ब २६ करोड ७ लाख ८१ हजार ४७ हुन आउँछ।

सम्झौता गरेको दुई दिनभित्र रकम भुत्तानी गर्नु पर्ने व्यवस्थाअनुसार सेनाले वैशाख ७ गते नै भुक्तानी गरिसकेको छ।नेपालको तर्फबाट सेनाका सम्भार रथी प्रभुराम शर्मा र चीनकोतर्फबाट त्यहाँका वाणिज्य मन्त्रालयका प्रतिनिधिबीच सम्झौता भएको नेपाली सेनाले जनाएको छ । सेनाका अनुसार उक्त कम्पनीले सम्पूर्ण सामग्री गोन्जाउमा जम्मा गरिदिने र त्यसपछि ढुवानी गरेर नेपाल ल्याइने छ ।

सेनाले सुरुमा अतिआवश्यक सामग्री विमानबाट ल्याउने र त्यसपछि अन्य सामग्री सडक यातायात मार्फत पनि ल्याउन सक्ने जनाएको छ। सम्झौता अनुसार फर्मले पैसा प्राप्त भएको सात दिन भित्रमा अतिआवश्यक सामग्री जम्मा गरिदिनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);