उदयपुरका ३३ वर्षिय पुरुषमा कोरोना संक्रमण भएको पुष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

उदयपुरका ३३ वर्षिय पुरुषमा कोरोना संक्रमण भएको पुष्टि

corona baisakh 9 update

काठमाडौं, ९ वैशाख । नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ । मंगलबार उदयपुरका एकजनामा कोरोना पोजेटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या ३२ पुगेको हो ।

उदयपुरबाट संकलन गरिएको स्वाव नमुना परीक्षणलाई राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला टेकुमा परीक्षण गर्दा पोजेटिभ देखिएको हो । उदयपुरका ३३ वर्षिय पुरुषमा संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो ।

उदयपुरबाट सोमबार १ सय सहित ३ सय २० वटा नमुना पिसिआर परीक्षणका लागि संकलन भएका छन् । यसैगरी वीरगञ्जबाट २ सय २१ जनाको नमुना संकलन भएर परीक्षणका क्रममा रहेको प्रवक्ता देवकोटाले बताउनुभयो । ती नमुनाहरुको टेकु, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोशी अस्पतालमा परीक्षण भइरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोली वीरगञ्जलाई लक्षित गरेर ट्रेसिङ र टेस्टिङका लागि त्यहाँ पुगिसकेको छ । ४ जना कोरोना संक्रमति उपचारपछि निको भएर घर फर्किसकेका छन् भने २८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

अहिलेसम्म ३६ हजार ७ सय १९ वटा नमुना परीक्षण भएका छन् । पिसिआर र आरडिटी विधिबाट सो परीणाममा परीक्षण भएको मन्त्रालयले जनाएको छ । प्रवक्ता देवकोटाका अनुसार पिसिआर विधिबाट हालसम्म ८ हजार ७ सय ६३ नमुना परीक्षण भएका छन् । पछिल्लो २४ घण्टामा मा ३ सय ३३ वटा परीक्षण भएका छन् ।

यसैगरी आरडिटी विधिबाट अहिलेसम्म २७ हजार ९ सय ५६ र २४ पछिल्लो घण्टामा २ हजार ८ सय ८ परीक्षण भएका छन् । अहिलेसम्म दुबै विधिबाट गरी जम्मा ३६ हजार ७ सय १९ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश नम्बर १ मा आरडिटी विधिबाट २ हजार ६ सय २०, प्रदेश नम्बर २ मा ३ हजार ५ सय ९८ र बागमती प्रदेशमा ५ हजार १ सय ५७ नमुना परीक्षण भएका छन् । यस्तै गण्डकी प्रदेशमा ४ हजार १ सय ८३, प्रदेश नम्बर ५ मा २ हजार ४ सय ८३ कर्णाली प्रदेशमा ३ हजार ७ सय ३८ र सुदुरपश्चिममा ६ हजार १ सय ७७ परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो ।

अहिले देशभरी नै क्वारेन्टाइनमा ७ हजार ६७ जना रहेका छन् । उपत्यकामा ६ जना र उपत्यका बाहिर १ सय १ गरी १ सय ७ जना आइसोलेसनमा रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);