नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुग्यो, १६ जना निको भएर घर फर्किए | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुग्यो, १६ जना निको भएर घर फर्किए

corona press meet 14

काठमाडौं, १४ वैशाख । नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ । आइतबार थप २ जनामा संक्रमण पोजेटिभ देखिएसँगै संक्रमितको संख्या ५१ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएका नमुना मध्ये २ जनाको पोजेटिभ देखिएको छ ।

संक्रमित दुबै जना पर्साको वीरगञ्ज ५० वर्षिय पुरुषहरु हुन् । अहिले उनीहरुको उपचार भइरहेको छ । आइतबारै ४ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । नारायणी अस्पताल विरगञ्जमा उपचाररत रौतहटका १८ वर्षिय पुरुष, र तीन जना भारतीय नागरिक आइतबार डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जनाकारी दिनुभयो ।

यो सँगै निको भएर घर फर्किनेहरुको संख्या १६ पुगेको छ । आइतबारसम्ममा पिसिआर विधिबाट ९ हजार ९ सय ३१ र आरडिटी विधिबाट ४१ हजार ४ सय ३६ वटा गरी ५१ हजार ३ सय ६७ वटा नमुना परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनु भयो ।

पछिल्लो २४ घण्टामा दुबै विधिबाट २ हजार ९६ वटा परीक्षण भएका छन् । अहिले क्वारेन्टाइनमा १७ हजार २५ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा ६ जना र उपत्यका बाहिर १ सय ४ गरी १ सय १० जना अहिले आइसोलेसनम रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);