स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे छानबिन सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे छानबिन सुरु

lekha samiti-security press

काठमाडौं, १४ वैशाख । संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएको अनियमितताबारे छानबिन थालेको छ । समितिले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखेर खरिदसम्बन्धी कागजात तथा विवरण उपलब्ध गराइदिन अनुरोध गरेको छ ।

कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले स्वास्थ्य सेवा विभागमार्फत विना प्रतिस्पर्धा ओम्नी बिजनेश कर्पोरेट इन्टरनेशनललाई स्वास्थ्य उपकरण खरिद गर्न दिएर आर्थिक अनियमितता भएको आशंका लेखा समितिले गरेको छ । समितिले सम्पूर्ण कागजात ७ दिनभित्र समिति सचिवालयमा उपलब्ध गराइदिन समेत भनेको छ ।

कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरण खरिदका लागि सरकारले ओम्नी समूहसँग १ अर्ब २४ करोड रुपैयाँको ठेक्का सम्झौता गरेको थियो । गत चैत २० गते सो समूहले जहाज चार्टर गरेर स्वास्थ्य सामग्री ल्याएको थियो । स्वास्थ्य साम्रगीको मूल्य र गुणस्तरमा प्रश्न उठ्नुका साथै निर्धारित समयमा ल्याउन नसकेपपछि सरकारले ठेक्का रद्ध गर्दै ५ करोड धरौटी समेत जफत गरेको थियो ।

ओम्नी समूहलाई प्रचलित मूल्य भन्दा २० प्रतिशत मंहगोमा औषधि तथा औषधिजन्य सामान ल्याउन ठेक्का दिएको र त्यसमा आर्थिक चलखेल भएको आशंका गरिँदै आएको छ । यसबारेमा छानविनका अख्तियारमा उजुरी समेत परेको छ ।
lekha-samiti-3

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);