सेनाले स्वास्थ्य सामग्री चीन र भारतबाट किन्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सेनाले स्वास्थ्य सामग्री चीन र भारतबाट किन्ने

Nepal-army-sena-Headquater

काठमाडौं, ३० चैत । छिमेकी भारत र चीनले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि आवश्यक औषधि र स्वास्थ्य उपकरण उपलब्ध गराउन सकिने लिखित जवाफ जंगी अड्डालाई दिएका छन्।

भारतले ६० प्रकारका औषधि दिन सकिने जवाफ दिएको छ। उसले स्वास्थ्य सामग्री भने दिन नसकिने बताएको छ। भारत स्वयं कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि संघर्षरत छ। चीनले औषधि र स्वास्थ्य सामग्री दुवै दिन सकिने भनेको छ। भारत र चीन दुवैले तत्काल उपलब्ध गराउन सकिने औषधि र स्वास्थ्य सामग्रीको सूची पठाएको हो।

उनीहरूले सबै सामग्री एकै पटक पठाउन नसकिने भनेका छन्। भारत र चीन दुवै मुलुकले तत्काल उपलब्ध गराउन सकिने र पठाउन केही समय लाग्ने औषधि तथा स्वास्थ्य सामग्रीको सूची जंगी अड्डालाई पठाएका हुन्। दक्षिण कोरियाले आफ्ना विभिन्न औषधि उत्पादन र उपलब्ध गराउने कम्पनीको नाम दिएको छ। उसले ती कम्पनीसँग आवश्यक परे समन्वय गर्ने जवाफ दिएको स्रोतले बताएको छ। सिंगापुर र इजरायलले भने कुनै जवाफ दिएका छैनन।

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सामग्री ल्याउँदा ओम्नी समूहले चरम भ्रष्टाचार गरेको भन्दै सरकारले उसँगको सम्झौता तोडेको थियो। त्यसपछि चैत १६ गतेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मा सेनालाई दिने निर्णय गरेको थियो। सरकारको निर्णयसँगै जंगी अड्डाले सरकार–सरकार (जीटूजी) प्रक्रियाबाट औषधि तथा स्वास्थ्य सामग्री खरिद गर्न चीन, भारत, दक्षिण कोरिया, इजरायल र सिंगापुरलाई लिखित पत्राचार गरेको थियो। जंगी अड्डाले पठाएको पत्रबारे चीन र भारतले औषधिलगायत अन्य स्वास्थ्य सामग्री उपलब्ध गराउन सकिने जवाफ दिएको हो।

जंगी अड्डाले बनाएको खरिद इकाइले तत्काल आवश्यक पर्ने औषधि र स्वास्थ्य सामग्रीको सूची बनाइरहेको छ। उक्त खरिद इकाइमा स्वास्थ्य विभाग र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिसमेत सम्मिलित छन्।

औषधि र स्वास्थ्य सामग्री आवश्यकताका आधारमा क्रिटिकल र प्रायोरिटी १,२, ३ गरी ४ तहमा बाँडिएको छ। त्यस्ता औषधि र स्वास्थ्य सामग्रीलाई ३६ वटा समूहमा विभाजन गरिएको छ।

भारत र चीनले आफूहरूले तत्काल उपलब्ध गराउने औषधि र स्वास्थ्य सामग्रीको सूचीसमेत जवाफमा पठाएका छन्। सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले तत्काल आवश्यक पर्ने स्वास्थ्य सामग्रीको सूचीलाई अन्तिम रूप दिने कार्य भइरहेको बताए। अन्नपूर्ण पाेस्ट दैनिकमा शम्भु कट्टेलले समाचार लेखेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);