स्वास्थ्य सचिव र विभागका महानिर्देशकलाई लेखा समितिले बोलायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

स्वास्थ्य सचिव र विभागका महानिर्देशकलाई लेखा समितिले बोलायो

lekha samiti

काठमाडौं, ५ असार । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिदमा भएको भनिएको अनियमितताबारे छलफल गर्न स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागलाई बोलाएको छ । आउँदो सोमबार मन्त्रालयका सचिव र विभागका महानिर्देशकसँग छलफल गर्ने तय भएको समिति सभापति भरतकुमार शाहले जानकारी दिनुभयो ।

स्वास्थ्य सचिव र विभागका महानिर्देशकसँगको छलफलपछि अध्ययनका लागि उपसमिति पनि गठन हुन सक्नेछ । लेखा समितिले स्वास्थ्य सामग्री खरिदसम्बन्धी अधिकांश कागजात संकलन गरेको जनाएको छ । तयार कागजातलाई एकीकृत गरेर समिति सचिवालयले अध्ययनका लागि समिति सदस्यहरूलाई वितरण गरेको छ ।

सरकारले चीनबाट स्वास्थ्य सामग्री खरिदका लागि ओम्नी कम्पनीसँग सम्झौता गरेको थियो । तर उसले पहिलो लटमा औषधि र अन्य स्वास्थ्य सामग्री आपूर्ति गरेपछि सरकारले समयमा आपूर्ति गर्न नसकेको भन्दै सम्झौता रद्द गरेको थियो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);