कुवेतका राजा शेख शबाह अल अहमद सबाहको निधनः शेख नवाफ अल अहमद नयाँ राजा चयन | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

कुवेतका राजा शेख शबाह अल अहमद सबाहको निधनः शेख नवाफ अल अहमद नयाँ राजा चयन

एजेन्सी, १४ असोज । कुवेतका राजा शेख सबाह अल अहमद अल सबाहको ९१ वर्षको उमेरमा निधन भएको छ ।

उपचारका लागि अमेरिका रहेका सबाहको उपचारकै क्रममा निधन भएको हो । विगत लामो समयदेखि बिरामी रहदै आउनुभएका शेख गत जुलाइमा उपचारका लागि अमेरिका जानुभएको थियो ।

उहाँको निधन पश्चात कुवेतको मन्त्रिपरिषदले उहाँका भाइ ८३ वर्षीय शेख नवाफ अल अहमद अल सबालाई उत्तराधिकारीका रुपमा घोषणा गरेको छ ।

शेख सबाह १९९० मा भएको खाडी युद्धपछि इराकसँग सम्बन्ध बढाउन तेल सम्पन्न राष्ट्रका शीर्ष नेताका रुपमा चिनिनुहुन्थ्यो ।

शेख सबा अल अहमदले सन २००६ देखि समृद्ध खाडी अरब राज्यमा शासन गर्दै आएका आउनुभएको थियो । उहाँले ५० वर्षभन्दा बढी समय विदेश नीतिको नेतृत्व समेत गर्नुभएको थियो । साथै उहाँले जीवनको धेरै समय क्षेत्रीय तनाव व्यवस्थापनमा मध्यस्थताको भूमिका निभाउनुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);