कुवेतमा सरकार विघटन, प्रधानमन्त्री शेख सबाह खालेद अल हमद अल सबाहले दिए राजीनामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

कुवेतमा सरकार विघटन, प्रधानमन्त्री शेख सबाह खालेद अल हमद अल सबाहले दिए राजीनामा

एजेन्सी, ६ माघ । कुवेत सिटी÷कुवेतको सरकार विघटन भएको छ । प्रधानमन्त्री शेख सबाह खालेद अल हमद अल सबाहले दिएको राजीनामा राजा शेख सवाफ अल अहमद हल जबर अल सबाहले सोमबार स्वीकृत गरेसँगै सरकार विघटन भएको हो ।

प्रधानमन्त्री सबाहले यही जनवरी १३ मा कुवेती राजा समक्ष राजीनामा बुझाएको र त्यसलाई स्वीकृति दिएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् । साथै अर्को मन्त्रीपरिषद् गठन गर्ने तयारी भइरहेको राजदरबारका अधिकारीहरूले जानकारी दिएको बताइएको छ ।

देशको राष्ट्रिय सभा र मन्त्रीपरिषद्का बीचमा सम्वन्ध विग्रिएकाले राजीनामा दिएको प्रधानमन्त्री अल सबाहले मन्त्रीपरिषद् बैठकमा जानकारी गराउनु भएको थियो । अल सबाहल सन् २०२० डिसेम्बर १४ देखि कुवेती सरकारको नेतृत्व गर्दै आउनु भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);