राष्ट्रपति भण्डारी र कतारका शेख अल थानीबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

राष्ट्रपति भण्डारी र कतारका शेख अल थानीबीच भेटवार्ता

काठमाडौं, १३ कात्तिक । कतारको चारदिने औपचारिक भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र कतारका अमिर शेख तमिम बीन हमाद अल थानीबीच मंगलवार भेटवार्ता भएको छ ।

भेटवार्तामा दुई देशबीच रहिआएको कूटनीतिक सम्बन्ध र आपसी सहकार्यलाई अझ सुमधुर बनाउने लगायत विषयमा छलफल भएको जनाइएको छ ।

कतारका शेख थानीले राष्ट्रपति भण्डारीको सम्मानमा मंगलवारै दिवाभोजको आयोजना गरेका छन् । मित्र राष्ट्र कतारका अमिर अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबारदेखि कतार भ्रमणमा छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);