प्रधानमन्त्रीको स्वास्थ्य स्थितिलाई मध्यनजर गर्दै भेटघाटमा रोक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रधानमन्त्रीको स्वास्थ्य स्थितिलाई मध्यनजर गर्दै भेटघाटमा रोक

kp oli birami

काठमाडौं, १३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थितिलाई मध्यनजर गर्दै शिक्षण अस्पतालले प्रधानमन्त्रीसँगको भेटघाटमा रोक लगाएको छ । धेरै व्यक्तिसँगको सम्पर्कले संक्रमण बढ्न सक्ने बताउँदै अस्पतालले उनीसँगको भेटघाटमा रोक लगाएको हो।

मंगलबार  अस्पतालले एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्रीलाई स्वास्थ्य लाभ गराउनु आफुहरुको पहिलो प्राथमिकता रहेको बताएको छ । विज्ञप्तीमा भनिएको छ,– ‘सम्माननीय प्रधानमन्त्री ज्यूको शीघ्र स्वास्थ्य लाभ गराउनु अस्पतालको पहिलो प्राथमिकता भएकाले चिकित्सकीय रायअनुसार भेटघाटलाई प्रतिबन्ध गरिएको व्योहोरा सम्बन्धित सबैमा अनुरोध गर्दछौ।’ प्रधानमन्त्री ओली कात्तिक १२ गतेदेखि शिक्षण अस्पतालमा उपचाररत छन् ।

यस्तो छ अस्पतालले जारी गरेको विज्ञप्ती

त्यस्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले प्रेस नोट जारी गरि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराएका छन् । अर्यालले जारी गरेको प्रेस नोटमा प्रधानमन्त्री ओलीले देश भित्र र बाहिरबाट आफ्नो स्वास्थ्य अवस्थाबारे चिन्ता र चाँसो व्यक्त गर्ने सम्पुर्ण नेपाली दिदीभाई–दाजुबहिनी तथा विदेशीमित्रहरु प्रति आभार प्रकट गरेको उल्लेख छ ।

साथै अर्यालले प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार भएको समेत जानकारी गराउँदै अस्पतालले समय समयमा जारी गर्ने विज्ञप्तिहरुबाट आधिकारीक जानकारी पाउन सकिने जनाएका छन् ।

अर्यालले जारी गरेको प्रेस नोट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);