राष्ट्रपति भण्डारी भ्रमणको सिलसिलामा कतारमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

राष्ट्रपति भण्डारी भ्रमणको सिलसिलामा कतारमा

काठमाडौं, १३ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चारदिने औपचारिक भ्रमणको सिलसिलामा सोमबार दोहा पुगेकी छन् ।

राष्ट्रपति भण्डारीलाई हमाद अन्तर्रा्ष्ट्रिय विमानस्थलमा कतारका विकास, सामाजिक सुरक्षा तथा श्रममन्त्री इशा बिन साद अल नोएमीले स्वागत गरेका हुन् । मन्त्री अलनोएमीले स्वागत गर्नुअघि विमानबाट ओर्लिएलगत्तै कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले राष्ट्रपति भण्डारीलाई स्वागत गरेका थिए ।

मित्रराष्ट्र कतारका अमिर शेख हमाद बीन खालिदा अलथानीको मैत्रीपूर्ण निमन्त्रणमा एक प्रतिनिधिमन्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी सोमबारदेखि कतार भ्रमणमा रहेका छन् । राष्ट्रपति भण्डारी विमानस्थलबाट सीधै होटल सेराटोन ग्रान्ड प्रस्थान गरेकी हुन् । सोमबार राष्ट्रपति भण्डारीको सम्मानमा त्यहाँ स्थित राजदूतावासले रात्रिभोजको आयोजना गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);