सुडानको नयाँ प्रधानमन्त्रीमा अब्दुल्ला हाम्डोक नियुक्त | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

सुडानको नयाँ प्रधानमन्त्रीमा अब्दुल्ला हाम्डोक नियुक्त

एजेन्सी, ५ भदौ । अब्दुल्ला हाम्डोक सुडानका नयाँ प्रधानमन्त्री नियुक्त हुनुभएको छ । अब्देल फताह अल बुरहान सार्वभौम परिषद्का अध्यक्ष भएसँगै अर्थशास्त्री हाम्डोकले प्रधानमन्त्रीका रुपमा सपथ लिनुभएको हो ।

अब अब्दुल्लाले तीन वर्ष तीन महिना संक्रमणकालीन सरकार संचालन गर्नुहुने छ । नयाँ सरकारले सपथ ग्रहण गरेसँगै संक्रमणकालीन सैनिक परिषद विघटन भएको छ।

मन्त्रिपरिषदमा सेनाले रक्षा र गृहमन्त्रीको जिम्मेवारी पाउनेछ भने त्यसबाहेक अन्य मन्त्रीहरु फ्रिडम एन्ड चेन्ज एलायन्सबाट मनोनीत गरिनेछन्। अब्दुल्लालाई बिहीबार मुख्य विपक्षी फ्रिडम एन्ड चेन्ज एलायन्सका तर्फबाट सर्वसम्मतले प्रधानमन्त्री चयन गरिएको थियो।

दुई महिना अघि सुडानका राष्ट्रपति ओमर अल बसिरलाई अपदस्त गर्दै सेनाले ’कू’ गरी सत्ता आफ्नो हातामा लिएको थियो। ओमरलाई हटाउन सेनाको सहयोग माग गरेका प्रदर्शनकारीले पछि भने सेनाकै विरोध गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);