अमेरिकाको टेक्सासमा बलात्कारीलाई घातक सुई लगाएर मृत्युदण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अमेरिकाको टेक्सासमा बलात्कारीलाई घातक सुई लगाएर मृत्युदण्ड

texas execution-larry Swearingen

एजेन्सी, ५ भदाै । अमेरिकाको टेक्सास राज्यमा १९ वर्षीया छात्रालाई बलात्कार गरी हत्या गरेको आरोपमा दोषी ठहर भएका एक व्यक्तिलाई मृत्युदण्ड दिइएको छ । टेक्सास राज्यमा यसै वर्ष गम्भीर अपराधको अभियोगमा योसहित चार जनालाई मृत्युदण्ड दिइएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

टेक्सासको हन्टसभिल कारागारमा अभियुक्त ल्यारी स्वेरिनजेनलाई घातक सुई लगाएर मृत्युदण्ड दिइएको कारागार प्रशासनले जनाएको छ । ४८ वर्षीय ल्यारीले अन्तिम समयसम्म पनि आफू निर्दोष रहेको दाबी गरिरहेका थिए । ल्यारीका वकिलहरुले पीडितको डिएनए सही नभएको जिकिर गरेका थिए ।

अमेरिकी सर्वोच्च अदालतले ल्यारीको अनुरोधलाई बुधबार नै अस्वीकार गरेको थियो । ल्यारी १९ वर्षीया मेलिसा ट्रटरलाई सन् २००० मा बलात्कार गरी हत्या गरेको आरोपमा पक्राउ परेका थिए ।

अमेरिकामा यस वर्ष १२ जनाले मृत्युदण्ड पाइसकेका छन् । यी मृत्युदण्डहरु अमेरिकाका दक्षिणी राज्यहरु टेक्सास, टेनेसी, अलाबामा, जर्जिया र फ्लोरिडामा भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);